काठमाडौं : एनसेलको लाइसेन्स नवीकरण भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार नै एनसलको जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स नवीकरण गरिदिएको हो । नवीकरण शुल्क तिर्न एनसेललाई ब्याजसहित किस्ताबन्दी सुविधा सरकारले उपलब्ध गराएको थियो ।
सोही अनुसार अहिले एनसेलले पहिलो किस्तास्वरूप पाँच अर्ब रुपैयाँ बुझाएपछि लाइसेन्स नवीकरण भएको हो । २० अर्ब नवीकरण शुल्कको बाँकी १५ अर्ब रकम अब तीन किस्तामा हरेक वर्ष ५ अर्ब रुपैयाँ गरी एनसेलले १० प्रतिशत ब्याजसहित तिर्नेछ ।
एनसेलको लाइसेन्स नवीकरण अवधि भदौ १५ गते सकिएको थियो । यससँगै एनसेलले थप ५ वर्षका लागि लाइसेन्स पाएको हो ।



