२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सहकारी ठगी प्रकरण:रवि लामिछानेसँग प्रहरीले लियो बयान

images

सत्कार खबर
  • २०८१ भदौ १७, सोमबार
  • 826
    SHARES
  • सहकारी ठगी प्रकरण:रवि लामिछानेसँग प्रहरीले लियो बयान

    काठमाडौं :सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले प्रहरीमा बयान दिएका छन्।  पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनमा प्रहरीले लामिछानेसँग बयान लिएको हो।

    जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्तकुमार शर्मासहितको टोलीले काठमाडौं आएर पूर्वगृहमन्त्री तथा सांसद लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन आचार्य र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिएको हो।

    लामिछानेको समेत नाम उल्लेख गरेर पूरक जाहेरी परेपछि त्यसबारे  प्रहरीले सोधपुछ गरेको हो। लामिछानेलाई सोधपुछ गरिएको प्रहरीको उच्च स्रोतले पुष्टि गरेको छ।

    सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा समेत ऋण लिएको भेटिएपछि गत माघ १६ २०८० मा बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए। तर, लामिछानेसहित तीनै जनाले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आफूहरुको संलग्नता अस्वीकार गरेका छन्।

    यसअघि उनीहरू तीनै जनासँग सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले बयान लिएको थियो। लामिछानेसँग समितिले ९ घण्टा बयान लिएको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ