काठमाडौँ : सिद्धार्थ बैंकका ग्राहकहरुलाई धुम्बाराहीस्थित अकामा होटेलमा १५ प्रतिशतसम्मको छुट प्रदान गरिने भएको छ। यसका लागि सिद्धार्थ बैंक र अकामा होटेलबीच सम्झौता भएको छ, जसअनुसार बैंकका ग्राहकहरुले होटलका विभिन्न सेवामा बैंकको कार्ड वा मोबाइल बैंकिङ्ग प्रयोग गरेर विशेष छुट पाउनेछन्।
सम्झौताअनुसार, सिद्धार्थ बैंकका ग्राहकहरुले धुम्बाराहीस्थित अकामा होटेलमा बैंकको कार्ड वा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज, र हेल्थ क्लब सुविधामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
यस सम्झौताले ग्राहकहरुलाई विशेष छुटको सुविधा प्रदान गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास सिद्धार्थ बैंकले लिएको छ।
बैंकले ग्राहकलाई डिजिटल बैंकिङ माध्यमतर्फ प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। ग्राहकमैत्री प्रविधिहरु भित्र्याउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ सेवाहरु जस्तै– अनलाइनबाटै बचत, मुद्दति र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता सुविधाहरु आफ्नो वेबसाइटमा रहेको इजीबैंक पोर्टलमार्फत प्रदान गर्दै आएको छ।



