२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

(टान )को अध्यक्षमा सागर पाण्डे  निर्वाचित, ५८० मत प्राप्त

images

  • २०८१ भदौ १८, मंगलबार
  • 761
    SHARES
  • (टान )को अध्यक्षमा सागर पाण्डे  निर्वाचित, ५८० मत  प्राप्त

    काठमाडौं : ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान )को अध्यक्षमा सागर पाण्डे  निर्वाचित हुनभएको छ । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे  निर्वाचित हुनभएको  हो । पाण्डेले ५ सय ८० मत पाउँदा सापकोटाले ४ सय ८० मत प्राप्त गर्नु भएको थियो।

    यस्तै महसचिवममा पाण्डे समुहकै सोनाम ग्यल्जेन शेर्पा (५५०) मत प्राप्त गरि विजयी हुनु भएको छ । उहाँले सापकोटा समूहका राजेन्द्र प्रसाद सुबेदीलाई पराजित गर्नु भएको हो । वरिष्ठ उपाध्यक्षमा पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा ५ सय ५८ मतका साथ विजयी हुनुभएको छ भने प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल (५३५)र द्वितीय उपाध्यक्षमा सनम शेर्पा (५४४) विजयी हुनुभएको छ।

    त्यस्तै सचिव पदमा रिञ्जी जाङबु शेर्पा (५९१), कोषाध्यक्षमा गौतम राज वाग्ले (५८३) र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित हुनुभएको छ ।सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे)निर्वाचित भएका छन् ।


    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ