२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तारा एयरले आजदेखि पोखरा–जोमसोम उडान गर्दै

images

सत्कार खबर
  • २०८१ भदौ १८, मंगलबार
  • 1.3K
    SHARES
  • तारा एयरले आजदेखि पोखरा–जोमसोम उडान गर्दै

    काठमाडौं : तारा एयरले पोखरा–जोमसोम गन्तव्यमा आजदेखि पुनः उडान शुरू गर्ने भएको छ। मौसमको प्रतिकूलका कारण उडान बन्द भएको पोखरा–जोमसोममा आजदेखि नियमित उडान गर्न लागेको कम्पनीले जनाएको छ ।

    पर्यटकीय ‘सिजन’ शुरू हुन लागेको र मौसम पनि खुल्ने समय भएकाले उडान नियमित हुन लागेको तारा एयरका प्रमुख हवाई सुरक्षा अधिकृत सुदर्शन बर्तौलाले बताउनुभयो । उहाँका अनुसार जोमसोमको नियमित उडानका लागि मौसम अनुकूल भए दैनिक पाँच वटा उडान गर्नेगरी तालिका मिलाइएको छ ।

    तारा एयरको उडान पोखराको पुरानो विमानस्थलबाटै सञ्चालन हुनेछ । मुस्ताङको जोमसोम विमानस्थल समुन्द्री सतहबाट दुई हजार सात सय ३६ मिटर उचाइमा रहेको छ । पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई सेवा प्रतिकूल मौसमका कारण गएको असार १७ गतेदेखि स्थगित भएको थियो ।

    जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालका अनुसार दुई महिनापछि समिट एअरलायन्सले गएको बिहीवारदेखि नै उडान भर्न शुरू गरेको थियो । 

    यसैबीच पर्यटकीय सिजनका लागि तारा एयरले रामेछाप–लुक्ला– रामेछापका लागि असोज ४ अर्थात् सेप्टेम्बर २० तारिखदेखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ