२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सानिमा म्युचुअल फन्डका ३ योजनाको बुकक्लोज मिति तय

images

  • २०८१ भदौ १८, मंगलबार
  • 936
    SHARES
  • सानिमा म्युचुअल फन्डका ३ योजनाको बुकक्लोज मिति तय

    काठमाडौँ : सानिमा क्यापिटलले सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड, र सानिमा ग्रोथ फन्डको २०८०/८१ का लागि प्रतिफल वितरणको लागि बुक क्लोज मिति तय गरेको छ। यस अनुसार, भदौ २६ गते एक दिन बुक क्लोज गरिनेछ, जसको अर्थ भदौ २५ गतेसम्म कायम इकाइधनीहरूले यी योजनाको प्रतिफल पाउनेछन्।

    सानिमा क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको प्रतिफल घोषणा गरेको थियो।

    • सानिमा इक्विटी फन्ड मा १५% नगद प्रतिफल (करसहित) घोषणा गरेको छ, जसअनुसार १९ करोड ५० लाख रुपैयाँ वितरण गरिनेछ।
    • सानिमा लार्ज क्याप फन्ड मा १०% नगद प्रतिफल (करसहित) घोषणा गरिएको छ, जसअनुसार १२ करोड रुपैयाँ वितरण गरिनेछ।
    • सानिमा ग्रोथ फन्ड मा १०% नगद प्रतिफल (करसहित) घोषणा गरिएको छ, जसअनुसार ६ करोड ७२ लाख ५३ हजार २६० रुपैयाँ वितरण गरिनेछ।

    यी तीनवटै म्युचुअल फन्ड बन्दमुखी योजना हुन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ