काठमाडौँ : नेपाल एसबिआई बैंक र बुद्ध एयर प्रा लि बीच छूट दिने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार कम्पनीका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूले एयर टिकट खरिदमा ८% सम्म छूट सुविधा प्राप्त गर्न सक्नेछन्।
उक्त सम्झौतामा बैंकका प्रबन्ध सञ्चालक दीपक कुमार देको उपस्थितिमा नायब प्रमूख कार्यकारी अधिकृत राजेश कुमार पंडा र बुद्ध एयर प्रालिका मार्केटिङ सेल्स रुपेश जोशीले हस्ताक्षर गरेका छन्।
कम्पनीले हाल १ सय शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १ सय २१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ।



