२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दुई म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

images

  • २०८१ भदौ १८, मंगलबार
  • 1.0K
    SHARES
  • दुई म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ : दुई म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। 

    प्रतिफल वितरण प्रयोजनार्थ कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले भोली अर्थात भदौ १९ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

    कुमारी इक्विटी फण्डले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई ९.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो भने कुमारी धनवृद्धि योजनाले ९.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेका छन्।

    यी फण्डहरुको योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्द्धक कुमारी बैंक लिमिटेड रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ