२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सरकारले खरिद गरेको १९ हजार मेट्रिक टन चिनी भित्रिदै

images

  • २०८१ भदौ १८, मंगलबार
  • 1.1K
    SHARES
  • सरकारले खरिद गरेको १९ हजार मेट्रिक टन चिनी भित्रिदै

    काठमाडौं : सरकारले खरिद गरेको १९ हजार मेट्रिक टन चिनी नेपाल भित्रिनेक्रममा रहेको छ । भारतबाट खरिद गरेको चिनी अर्को हप्तासम्ममा नेपाली बजारमा आइपुग्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । यसअघि विभागले गएको साउनमै भारतबाट चिनी खरिद गर्नका लागि सात वटा निजी व्यापारिक फर्मलाई जिम्मेवारी दिएको थियो ।

    उनीहरुले १९ हजार मेट्रिक टन चिनी ल्याउन लागेका हुन् । विभागका निर्देशक राकेश पाण्डेका अनुसार भारतबाट खरिद गरेको चिनी अर्को हप्तासम्मका बजारमा आइपुग्ने र यसबाट चिनीको अभाव र भाउमा देखिएको समस्या समाधान हुनेछ । यो चिनी बजारमा एक सय ७ रुपैयाँ ५० पैसामा बिक्री गर्ने तयारी छ ।

    यसअघि विभागले चिनी खरिदका लागि आवेदन दिएका ७३ वटा व्यापारिक फर्ममध्ये साउन तेस्रो हप्ता सात वटा फर्म (कम्पनी) छनोट गरेको थियो । विभागका अनुसार छनोटमा परेको एउटा फर्मले बढीमा दुई हजार आठ सय मेट्रिक टन र अरु ६ वटाले दुई हजार सात मेट्रिक टनसम्म खरिद गर्न सक्ने गरी छनोट भएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ