२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनआईसी एसिया बैंक पीसीआई-डीएसएस ४.० भर्सनमा स्तरोन्नति, डाटा सुरक्षा अझ बढी मजबुत

images

  • २०८१ भदौ १८, मंगलबार
  • 726
    SHARES
  • एनआईसी एसिया बैंक पीसीआई-डीएसएस ४.० भर्सनमा स्तरोन्नति, डाटा सुरक्षा अझ बढी मजबुत

    काठमाडौँ : एनआईसी एशिया बैंकले आफ्नो कार्ड प्रयोगकर्ताहरूको डाटा सुरक्षा अझ बलियो बनाउनका लागि पीसीआई–डीएसएस भी ४.० भर्सनमा स्तरोन्नति गरेको छ। बैंकले दोस्रो वर्षमै आफ्नै ईएफटी स्विच सञ्चालन गर्दै पीसीआई–डीएसएस भी ३.२.१ भर्सनबाट पीसीआई–डीएसएस भी ४.० भर्सनमा अपग्रेड गरेको हो। यस स्तरोन्नतिसँगै बैंकले आफ्नो कार्ड प्रयोगकर्ताहरूको डाटा सुरक्षा थप मजबुत बनाएको दाबी गरेको छ।

    एनआईसी एशिया बैंकले सन् २०२३ देखि नै आफ्नै ईएफटी स्विचबाट एटीएम र कार्डमा आधारित भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ। बैंकले आफ्ना ग्राहकहरूको लागि डेबिट र क्रेडिट कार्ड (भिसा र मास्टरकार्ड) उपलब्ध गराएको छ, जुन नेपाल, भारत, र भुटानमा सहज रूपमा प्रयोग गर्न सकिन्छ। साथै, विदेशी भुक्तानीका लागि बैंकले अमेरिकी डलर प्रिपेड कार्ड पनि जारी गरेको छ, जसले अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियामा सहजीकरण गर्छ।

    एनआईसी एशिया बैंकले एटीएम, पीओएस, र इ-कमर्स प्लेटफर्महरूमा भुक्तानी प्राप्त गर्नका लागि भिसा, मास्टरकार्ड, र चाइना युनियन पे स्वीकार गर्ने सुविधा प्रदान गरेको छ। कार्ड प्रयोगकर्ताहरूको डाटाको पूर्ण सुरक्षा सुनिश्चित गर्न बैंकले प्रणालीगत र संस्थागत रूपमा आन्तरिक नियन्त्रणका लागि आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको उल्लेख गरेको छ। आन्तरिक नियन्त्रणलाई दीर्घकालीन रूपमा कायम राख्न र स्वतन्त्र रूपमा मूल्यांकन गर्न, बैंकले पनासिया इनफोसेक प्रालिलाई नियुक्त गरेको थियो। यसले सुरक्षा प्रक्रियालाई थप मजबुत बनाउने बैंकको प्रतिबद्धतालाई उजागर गर्छ।

    एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

    विस्तृतमाः👇

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ