काठमाडौं : नेपाली बजारमा यस हप्ता आइतबार र सोमबार घटेको सुनको मूल्य आज मंगलबार भने स्थिर रहेको छ। अघिल्लो दिन प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको मुल्य आज स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। सोमबार प्रतितोला १ हजार ७ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। तर, अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्यमा कमी आएको छ। सुनको मूल्य ०.३६ प्रतिशत (९ डलर) घटेर प्रतिऔंस २ हजार ४ सय ९२ डलरमा कारोबार भइरहेको छ।



