काठमाडौँ : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नगरकोट भक्तपुरमा रहेको होटल भ्यु पोइन्टबीच एक सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौताले बैंकका ग्राहक, शेयरधनी, र कर्मचारीहरुलाई होटलसँग सम्बन्धित सेवा तथा सुविधाहरूमा छुट प्रदान गर्ने उद्देश्य राखेको छ।
सम्झौता अनुसार, सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले भिषा डेबिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोग गरेर होटल भ्यु पोइन्टमा सेवा लिँदा २० प्रतिशत छुट पाउनेछन् भने बैंकका शेयरधनी र कर्मचारीहरूले २५ प्रतिशत कर्पोरेट डिस्काउन्ट प्राप्त गर्नेछन्।
यस सम्झौताले बैंकका कर्मचारी र ग्राहक महानुभावहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।



