२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

महालक्ष्मी विकास बैंकद्वारा ‘एनएफआरएस ईसीएल’ कार्यान्वयन गर्न समझदारी

images

  • २०८१ भदौ १८, मंगलबार
  • 1.3K
    SHARES
  • महालक्ष्मी विकास बैंकद्वारा ‘एनएफआरएस ईसीएल’ कार्यान्वयन गर्न समझदारी

    काठमाडौँ : महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (NFRS) अन्तर्गत NFRS 09: Expected Credit Loss (ECL) मोडल कार्यान्वयनका लागि केबी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेससँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

    यस समझदारीले बैंकलाई जोखिम व्यवस्थापनलाई अझ सुदृढ गर्दै थप सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न सहयोग गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

    यस कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्डहरूको पालना, सञ्चालन सक्षमता वृद्धि, नियामक निकायका निर्देशनहरूको प्रभावकारी अनुपालन, तथा वित्तीय अनुशासन र रिपोर्टिङ्ग अभ्यासलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

    "सबल बैंक, सफल सहकार्य" नारालाई आत्मसाथ गर्दै, महालक्ष्मी विकास बैंकले नेपाली जनताको सेवा गर्दै आएको छ। देशभर १०३ शाखा र करिब ८ लाख ग्राहकहरूसहित, बैंकले विगत ३० वर्षदेखि अनवरत रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ