२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सूर्यकुमारको शतकमा मुम्बई विजयी

images

सत्कार खबर
  • २०८० वैशाख ३०, शनिबार
  • 746
    SHARES
  • सूर्यकुमारको शतकमा मुम्बई विजयी

    काठमाडौं : पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले आईपीएलमा शुक्रबार डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई २७ रनले पराजित गरेको छ।

    जितसंगै मुम्बई इन्डियन्स अंक तालिकाको  तेस्रो स्थानमा उक्लेको छ। ट्वान्टी–२० क्रिकेटमा शीर्ष वरीयताका ब्याटर सूर्यकुमारले ४९ बलमा १ सय ३ रन बनाएर आईपीएल करियरको पहिलो शतक बनाएका छन् ।

    मुम्बईले दिएको २१९ रनको लक्ष्य पछ्याएको गुजरातले ८ विकेटको क्षतिमा १९१ रनमात्र  जोड्यो।वानखेडे स्टेडियममा पहिला टस जितेर गुजरातले बलिङ रोजेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो ।

    जवाफमा गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १९१ रन मात्रै बनाउन सक्यो । गुजरातका लागि रसिद खानले ३२ बलमा नटआउट रहेर ७९ रन बनाए। हारका वावजुत गुजरात १६ अंकमा पहिलो स्थानमा छ । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ