काठमाडौँ : नेपाल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) ईश्वर पोखरेलको कार्यकाल थप गरिएको छ। कम्पनीको सञ्चालक समितिले पोखरेलको कार्यकाल चार वर्षका लागि थप गरेको हो, जसले भदौ १६ गतेदेखि लागू हुनेछ। पोखरेलसँग बीमा र बैंकिङ क्षेत्रमा साढे दुई दशक भन्दा बढीको अनुभव छ।
यसअघि उनले युनाइटेड इन्स्योरेन्समा महाप्रबन्धक र नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा नौ वर्षसम्म काम गरेका थिए। साथै, पोखरेलसँग नेपाल एसबिआई बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकमा पनि कार्य गरेको अनुभव छ।



