काठमाडौँ : नेपाल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्सले आफ्नो संस्थापक समूहको ६६ हजार ५ सय ६६ कित्ता सेयर बिक्रीमा राखेको छ। कम्पनीले नेपाल बीमा प्राधिकरणको २०७७ को बीमकको संस्थापक सेयर कारोबार सम्बन्धि निर्देशिका बमोजिम यो सेयर बिक्रीमा राखेको जानकारी दिएको छ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ। विद्यमान संस्थापक सेयरधनी वा अन्य योग्य व्यक्ति तथा कम्पनीहरूले यस सेयर खरिद गर्न सक्नेछन्।
यस सेयरको लागि आवेदन दिन भदौ १९ गतेदेखि असोज २ गतेसम्मको समय अवधि निर्धारण गरिएको छ। आवेदन गर्दा कम्तिमा १ हजार कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ।



