काठमाडौँ : नेपाल बीमा प्राधिकरणले बीमासम्बन्धी विवादलाई छिटो र प्रभावकारी रूपमा समाधान गर्न नयाँ व्यवस्था लागू गरेको छ। अब बीमासम्बन्धी विवाद ६० दिनभित्र निरुपण गर्नुपर्ने व्यवस्था गरिएको छ। यो व्यवस्था मेलमिलाप तथा मध्यस्थता सम्बन्धी कार्यविधिमा समावेश गरिएको छ, जसअनुसार मेलमिलाप तथा मध्यस्थता समिति गठन गरेर विवाद निरुपण गरिनेछ।
यस कार्यविधि अनुसार, विवाद निरुपणको काम प्राधिकरणको सञ्चालक समितिमार्फत वा मध्यस्थता समितिमार्फत गर्न सकिनेछ। यदि विवाद समाधानको काम ६० दिनभित्र सम्पन्न हुन नसकेमा समितिले समय थपका लागि अनुरोध गर्न सक्छ र प्राधिकरण सञ्चालक समितिले उपयुक्त ठानेमा थप समय दिन सक्ने व्यवस्था पनि गरिएको छ।



