काठमाडौं : राष्ट्रिय जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक भएको छ । गत भदौ १७ गते बीमा प्राधिकरणले कम्पनीको बोनसदर स्विकृत गरेपछि कम्पनीको बीमादर सार्वजनिक गरेको बताइएको छ ।
कम्पनीको आर्थिक वर्ष २०७०/७१ देखि २०७२/७३ सम्म कायम रहेका १ लाख ५२ हजार ८ सय ९० वटा बीमालेखको लेखाजोखा मूल्यांकन सम्बन्धी प्रतिवेदनबाट प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ को लागि ६० रुपैयाँ बोनस प्रति हजार कायम गरेको छ ।



