काठमाडौं : नेपाली बजारमा सुनको मूल्य चार दिनयता स्थिर छ । आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यही भदौ १७ गतेदेखि छापावाल सुन सोही मूल्यमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



