काठमाडौँ : ङादी ग्रुप पावर लिमिटेडले ११ औं वार्षिक साधारण सभा आगामी असोज १३ गतेका लागि बोलाएको छ। सभा काठमाडौंको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्यूमा बिहान ९ बजे सुरू हुनेछ।
सभामा हकप्रद शेयर निष्कासन, संस्थागत सुशासन प्रतिवेदन, सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल गरिनेछ।
त्यसैगरी, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण तथा सञ्चालक समितिबाट गत वर्ष गरिएका निर्णयहरू अनुमोदन गर्ने एजेण्डाहरू समावेश छन्। मर्जरको लागि सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष एजेण्डाहरू पनि छलफल गरिनेछ।
सभाका लागि कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।



