काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंकका दुईवटा म्युचुअल फन्डले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट इकाई सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेका छन्। आरबीबी मर्चेन्ट बैंकिङको सञ्चालक समितिको बिहीबार बसेको बैठकले यो निर्णय गरेको हो।
यस अनुसार आरबीबी म्युचुअल फण्ड १ का इकाई सेयरधनीहरूले ३.८१ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् भने आरबीबी म्युचुअल फण्ड २ का इकाई सेयरधनीहरूले ८.७४ प्रतिशत नगद लाभांश पाउने भएका छन्।



