काठमाडौँ : कुमारी बैंक लिमिटेडले हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुनेगरि खोलिएका महिला खातावालालाई सक्यास ब्याक योजना घोषणा गरेको छ ।
कुमारी बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहीका खाताहरुबाट डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत् रकम भुक्तानी गर्दा १०० रुपैयाँ क्यास ब्याब दिने योजना ल्याएको हो ।
यो योजना भाद्र २० देखि २६ गते सम्म प्रत्येक दिन २५ सेवाग्राही प्राप्त गर्नेछन् । यो योजनाबाट सेवाग्राहीहरुको विद्युतीय भुक्तानी प्रयोगमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।



