२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मर्जरमा जाने प्रस्ताव पारित गर्दै रिलायन्स फाइनान्सको साधारणसभा सम्पन्न

images

  • २०८१ भदौ २०, बिहीबार
  • 4.0K
    SHARES
  • मर्जरमा जाने प्रस्ताव पारित गर्दै रिलायन्स फाइनान्सको साधारणसभा सम्पन्न

    काठमाडौँ : रिलायन्स फाइनान्स लिमिटेडको वार्षिक साधारणसभा आज अनुपम फुड ल्याण्ड ब्याङ्क्वेट, बत्तिसपुतली काठमाडौंमा सम्पन्न भएको छ । सभाले मर्जरमा जाने प्रस्तावसहित सबै एजेण्डा पारित गरेको छ । यद्यपि अधिकांश सेयरधनीहरूले मर्जरको प्रस्ताव हटाउन आग्रह गरेका थिए। कम्पनीका अध्यक्ष कुश प्रसाद मल्लीले सभालाई सम्बोधन गर्दै राम्रो बैंक वा वित्तीय संस्था फेला परेमा मर्जरको प्रस्ताव खुला रहने बताएका छन्।

    यो आर्थिक वर्षमा कम्पनीले सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। साधारणसभामा डमरु बल्लभ घिमिरे, कुबेर श्रेष्ठ, उत्सव श्रेष्ठ, निरुपमा गुप्ता लगायतका थुप्रै सेयरधनीहरूले आफ्ना धारणा प्रस्तुत गरे। सेयरधनी लक्ष्मण श्रेष्ठलगायतका केही सेयरधनीहरूले लिखित रूपमा सञ्चालक समितिलाई सल्लाह सुझाव दिएका थिए।

    rlfl.jpg
    RLFL

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ