काठमाडौं : भाद्र शुक्ल तृतीया अर्थात् तीज,सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजाआराधना गरी मनाउँदैछन्।
भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ।
सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ।
त्यसैले विधिपूर्वक व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ। तीजको अवसरमा पशुपतिनाथलगायत शिवालयमा श्रद्धालु महिलाको घुइँचो लागेको छ।




