२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ज्योति विकास बैंकका ग्राहकहरुलाई “जस्मिन फिटनेस क्लब र स्पा” मा विशेष छुट

images

  • २०८१ भदौ २१, शुक्रबार
  • 921
    SHARES
  • ज्योति विकास बैंकका ग्राहकहरुलाई “जस्मिन फिटनेस क्लब र स्पा” मा विशेष छुट

    काठमाडौँ : ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै विभिन्न व्यवसायहरूसँग सहकार्य गरी विशेष छुट र सुविधाहरू प्रदान गरिरहेको छ। हालै बैंकले काठमाडौँस्थित जस्मिन फिटनेस क्लब एण्ड स्पामा ग्राहकहरूलाई २० प्रतिशतसम्मको विशेष छुट दिने सम्झौता गरेको छ। यसका साथै, ललितपुरस्थित Medex Multispecialty Clinic & Diagnostic Center मा पनि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

    त्यसैगरी, बैंकले काठमाडौंको प्रख्यात Tranquility Spa का १७ वटै आउटलेटहरूका सेवाहरूमा ३० प्रतिशतसम्मको छुटको सम्झौता गरेको छ। यस्ता सहकार्यहरू बैंकले आफ्नो ग्राहकहरूको जीवनलाई अझ सरल, सुविधाजनक र लाभदायक बनाउनका लागि गरिरहेको छ।

    समाजप्रति उत्तरदायी रहँदै, बैंकले सामाजिक कार्यहरूमा पनि योगदान पुर्‍याइरहेको छ। नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्ने अभियानमा बैंकको पहलकदमीले हालसम्म करिब ९०० भन्दा बढी नेपाली शिशुहरूको जीवन बचाउन सहयोग पुर्याएको छ। यसप्रकारका कार्यहरूले बैंकलाई नेपालमा रहेका अन्य वित्तीय संस्थाहरूको तुलनामा अग्रस्थानमा राखेको छ।

    हाल ज्योति विकास बैंकले देशभर १२१ शाखा, ३ विस्तारित काउन्टर, र ७५ वटा एटीएममार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ। बैंकले आगामी दिनहरूमा पनि नागरिकहरूको सर्वोत्तम हितलाई उच्च प्राथमिकतामा राख्दै परिवर्तनको ज्योति बन्ने अठोट लिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ