काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने भएको छ। चौथो पटक गत असार ३० मा प्रधानमन्त्री नियुक्त भएका ओली त्यसको २ महिना पछि अमेरिका जान जान लाग्नु भएको हो।
आफ्नै सरकार ढालेर कांग्रेससँगको गठबन्धनबाट प्रधानमन्त्री ओली यही असोज ५ गते अमेरिका प्रस्थान गर्ने ओलीको सचिवालयले जनाएको छ। उहाँ असोज १५ गते स्वदेश फर्किने कार्यतालिका छ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने ओलीको भ्रमणलाई बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ। न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभा बैठकमा भाग लिन जाने प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोलीलाई स्वीकृत दिएको सचिवालयले जनाएको छ ।
ओली राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ सम्म हुने महासभालाई सम्बोधन गर्नेछन्। त्यस्तै, समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बरमा हुने तय भएको छ। प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभा र समिट अफ द फ्युचरलाई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।



