२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राष्ट्रिय वाणिज्य बैंकबाट प्रवर्द्धित दुई म्युचुअल फन्डको लाभांश घोषणा

images

  • २०८१ भदौ २१, शुक्रबार
  • 701
    SHARES
  • राष्ट्रिय वाणिज्य बैंकबाट प्रवर्द्धित दुई म्युचुअल फन्डको लाभांश घोषणा

    काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकबाट प्रवर्द्धित दुई म्युचुअल फन्डले इकाइधनीका लागि लाभांश घोषणा गरेका छन् । आरबीबी म्युचुअल फन्ड १ र आरबीबी म्युचुअल फन्ड २ ले लाभांश घोषणा गरेका हुन् ।

    आरबीबी म्युचुअल फन्ड– १ ले करसहित ३.८१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यस्तै आरबीबी म्युचुअल फन्ड–२ ले ८.७४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । दुवै लाभांशका लागि भदौ ३१ गते बुक क्लोजको मिति तय भएको छ ।

    भदौ ३० गतेसम्म म्युचुअल फन्डको इकाइ होल्ड वा खरिद गरेकाले लाभांश पाउने छन् । हाल आरबीबी म्युचुअल फन्ड– १ को बजार मूल्य प्रतिइकाइ ९ रुपैयाँ २२ पैसा छ भने आरबीबी म्युचुअल फन्ड–२ को १० रुपैयाँ ३४ पैसा छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ