काठमाडौँ : काठमाडौंको नक्सालस्थित टेस्ला गाडीको शोरुममा आज शुक्रवार दिउँसो करिब ११:३० बजे आगलागी भएको छ। प्रारम्भिक जानकारी अनुसार सर्ट सर्किटका कारण आगलागी भएको बताइएको छ। आगलागीले शोरुमको कार्यालय र स्पेयर पार्टहरूमा क्षति पुर्याएको छ, तर गाडीहरूमा भने कुनै क्षति भएको छैन।
आगो नियन्त्रणको प्रयास जारी रहेको र पहिलो तथा दोस्रो तलामा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। नेपालमा टेस्ला गाडीहरूको बिक्री तथा सेवा अरित इन्टरनेशनलले गर्दै आएको छ।



