२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

साउनमा जीवन बीमा व्यवसाय ५% ले घट्यो, चार कम्पनीको उच्च वृद्धि

images

  • २०८१ भदौ २१, शुक्रबार
  • 2.7K
    SHARES
  • साउनमा जीवन बीमा व्यवसाय ५% ले घट्यो, चार कम्पनीको उच्च वृद्धि

    काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जनमा ५.४५ प्रतिशतले गिरावट आएको छ।  नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले कुल बीमा शुल्क आर्जन सामान्य अंकले घट्न पुगेको हो ।

    गत आर्थिक वर्षको सोही अवधिमा १९ अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेकोमा यस वर्ष साउनमा १८ अर्ब ५३ करोड रुपैयाँ मात्र आर्जन भएको छ। नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीहरूका लागि यो संख्यात्मक गिरावट भएको हो।

    बीमा प्राधिकरणको तथ्याङ्क अनुसार नेपाल लाइफले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ। जसको बीमा शुल्क ५ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ जुन गत वर्षको तुलनामा ९.३२ प्रतिशतले वृद्धि भएको हो। दोस्रो स्थानमा रहेको नेशनल लाइफको बीमा शुल्क आर्जन २५.९५ प्रतिशतले बढेर २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।

    तेस्रो स्थानमा रहेको एलआईसी नेपालले २ अर्ब ७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ जुन ७.९२ प्रतिशतको वृद्धि भएको छ। हिमालयन लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन भने ०.२० प्रतिशतले घटेर १ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

    अन्य जीवन बीमा कम्पनीहरूको स्थिति पनि मिश्रित देखिएको छ। एशियन लाइफले ९२ करोड रुपैयाँको व्यवसाय गरेको छ भने सिटिजन लाइफले ७६ करोड, सूर्यज्योति लाइफले १ अर्ब १२ करोड, आइएमई लाइफले ५४ करोड, सन नेपाल लाइफले ४४ करोड, राष्ट्रिय जीवन बीमाले ४३ करोड २५ लाख, रिलायबल नेपाल लाइफले ४९ करोड, र सानिमा रिलायन्सले ६७ करोड रुपैयाँको व्यवसाय गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ