२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नवलपरासीमा बसको ठक्करबाट बालक र हजुरआमाको मृत्यु

images

सत्कार खबर
  • २०८१ भदौ २२, शनिबार
  • 781
    SHARES
  • नवलपरासीमा बसको ठक्करबाट बालक र हजुरआमाको मृत्यु

    काठमाडौं :नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा ना ७ ख २५२५ नम्बरको बसले गएराति सात वर्षका बालक विशाल श्रेष्ठ र हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो ।

    गैँडाकोट–११ का बालक विशालको घटनास्थलमा नै र हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया मानन्धरको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

    उहाँको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिएको बस र बसका चालकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ