काठमाडौं : यो साता नेप्से परिसूचक २२ दशमलव २१ अंक (०.८१ प्रतिशत घटेर २ हजार ७२७.३६ मा बन्द भएको छ । गत साताको तुलनामा नेप्से परिसूचक ७.५६ प्रतिशतले घटेर २ हजार ७४९.५७ मा बन्द भएको छ ।
यो साता परिसूचक २ हजार ८६० दशमलव ४३ अंकले उच्च र २ हजार ६ सय ७८ दशमलव ९१ बिन्दुमा पुगेर १८१ दशमलव ५२ अंकको अस्थिरता देखाएको छ । अघिल्लो साता परिसूचकले २६२ दशमलव ४७ अंकको अस्थिरता देखाएको थियो ।
बुधबार सबैभन्दा बढी ९० दशमलव ७० बिन्दुले घटेर १२.९२ अर्ब रुपैयाँको कारोबार भए पनि यो साता कुल कारोबार रु ५९.७७ अर्ब रहेको छ । यो साता कारोबार रकम पनि करिब ७.१२ प्रतिशतले घटेको छ ।
अघिल्लो साता ६४ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको थियो भने यो साता ५९ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । जसले दैनिक औसत कारोबार रकम पनि करिब २५ प्रतिशतले गिरावट आएको छ । १६ अर्ब दैनिक औसत कारोबारमा ११ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको बताइएको छ ।



