२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लुम्बिनीमा २ हजार कर्मचारी विज्ञापन खुलाउने तयारी : मुख्यमन्त्री आचार्य

images

सत्कार खबर
  • २०८१ भदौ २२, शनिबार
  • 671
    SHARES
  • लुम्बिनीमा २ हजार कर्मचारी विज्ञापन खुलाउने तयारी : मुख्यमन्त्री आचार्य

    काठमाडौं :लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्र कर्मचारीको अभाव हटाउन झण्डै २ हजार कर्मचारीको विज्ञापन खुलाउने तयारी भएको बताउनु भएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार प्रदेशभित्र दरबन्दी सर्वेक्षण गर्दा १९ सय ७५ कर्मचारी अभाव रहेको पाइएको बताइएको छ ।

    निजामती सेवा दिवस–२०८१ को अवसरमा कर्मचारी मिलन केन्द्रको समन्वयमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले शनिबार सन्धिखर्कमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लोकसेवा आयोगमार्फत विज्ञापन खुलेर पदपूर्ति भएपछि कर्मचारी अभावमा रोकिएका काम सुचारु हुने पनि बताउनु भयो । 

    उहाँले कर्मचारी स्थायी सरकार भएकाले सेवा प्रवाह गर्दा नागरिकमैत्री, सुशासन र जवाफदेही युक्त बनाउन जरुरी रहेको बताउनु भयो  । कतिपय कामलाई कानुनको आड लिएर सेवाग्रहीलाई दुःख दिने, अल्मल्याउने जस्ता गतिविधि नगर्न उहााले कर्मचारीलाई आग्रह गर्नुभयो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ