२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

वात्सल्य समूहले खोल्यो निःसन्तान उपचार क्लिनिक, उपेन्द्र महतोले गरे उद्घाटन

images

  • २०८१ भदौ २३, आइतबार
  • 706
    SHARES
  • वात्सल्य समूहले खोल्यो निःसन्तान उपचार क्लिनिक, उपेन्द्र महतोले गरे उद्घाटन

    काठमाडौँ : वात्सल्य नेचुरल आई.भि.एफले आफ्नो ८ औं वार्षिकोत्सवको अवसरमा नयाँ ब्रान्ड पहिचान सार्वजनिक गर्दै नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा ललितपुरमा नयाँ क्लिनिकको उद्घाटन गरेको छ ।

    नेपाल मेडिसिटी अस्पताल नख्खुमा रहेको क्लिनिकको उद्घाटन माननीय डा.उपेन्द्र महतोले गरेका छन् । समारोहमा वात्सल्यको ब्रान्ड एम्बेसडरका रुपमा २०२४ का मिस नेपाल विजेताहरु आश्मा कुमारी केसी, सुमना केसी र करुणा रावत पनि उपस्थित थिए ।

    वात्सल्यको रिब्रेंडिंगले नयाँ लोगो, नयाँ ब्रान्ड रंगहरू, र नयाँ विषयवस्तु सहित नयाँ नारा ‘नयाँ आशा, नयाँ जीवन’ सार्वजनिक गरेको छ । विगत ८ वर्ष देखि वात्सल्यले करिब ५००० जोडीहरूलाई सन्तान प्राप्तिको सुख दिएको वात्सल्यले जनाएको छ ।

    यस नयाँ पहिचानसँगै, वात्सल्यले इच्छुक दम्पतीहरु माझ अभिभावकत्वको आशा पुन जगाउँदै उनीहरुलाई एक नयाँ प्रेरणा र नयाँ जीवन दिने आफ्नो प्रतिबद्धता दर्शाएको छ।

    ‘हाम्रो धारणा भनेको प्रत्येक इच्छुक परिवारले सन्तान प्राप्तिको सुख अनुभव गर्न पाउनु हो । हाम्रो रिब्रेंडिंग नयाँ पहिचान मात्र हैन, यसले हाम्रो प्रगतिशील प्रविधिसँगै जोडीहरूको प्रजनन यात्रामा सहानुभूतिपूर्ण समर्थन गर्न प्रति हाम्रो प्रतिबद्धतालाई पनि थप प्रस्ट पार्छ,’ वात्सल्य नेचुरल आई.भि.एफका प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले भने ।

    वात्सल्य समूहले नक्साल, ललितपुर, भक्तपुर, नेपालगन्ज, चितवन, र बुटवलमा सेवा प्रदान गदै आएको छ, र पोखरा र विराटनगरमा चाँडै नै नयाँ क्लिनिक खोल्ने तयारीमा रहेको छ । यस विस्तारका साथ वात्सल्यले नेपाल भरका इच्छुक परिवारहरुलाई प्रजनन सेवा सजिलै उपलब्ध गराइ अभिभावकत्वको खुसी प्रदान गर्न तत्पर रहेको जनाएको छ ।

    watsalya-group.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ