काठमाडौं : सर्लाहीका एकजना युवकले प्रेमिकालाई घुम्न जाऊँ भनेर सुन्दरीजलमा पुर्याएपछि हत्या गरेको खुलेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले प्रेमिकाको हत्या गरेको अभियोगमा उनका प्रेमी र साथीलाई पनि पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने सिराहा घर भएकी राम दुलारी नामकी युवतीको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले उनका प्रेमी भनिएकासहित २ जनालाई शनिबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका३ बस्ने ४० वर्षीय रामविनय महरा र काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने सर्लाही बसगरिया गाउँपालिका-५ का २४ वर्षीय सन्तोष राम महरा छन् । रामविनय ज्यान गुमाएकी युवतीका प्रेमी रहेको खुलेको छ।



