२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हिमालयन लाइफको व्यतित बीमालेखमा शतप्रतिशतसम्म छुट पाइने

images

सत्कार खबर
  • २०८१ भदौ २४, सोमबार
  • 1.4K
    SHARES
  • हिमालयन लाइफको व्यतित बीमालेखमा शतप्रतिशतसम्म छुट पाइने

    काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म ब्याज तथा जरिवाना छुट दिने भएको छ । 

    कम्पनीले साविकको प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेख आजदेखि (भदौ २४) देखि ३१ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा शतप्रतिशतसम्म छुट दिने निर्णय गरेको छ ।

    ग्राहकले ३ वर्षसम्मको व्यतित बिमालेख नवीकरण गर्दा शतप्रतिशत ब्याज र जरिवाना छुट, ३ देखि माथि ५ वर्षसम्म ५० प्रतिशत, ५ वर्षदेखि माथि ७ वर्षसम्म ३५ प्रतिशत र ७ वर्षदेखि माथि जतिसुकै अवधिको व्यतित बीमालेखमा २५ प्रतिशत छुट पाउनेछन् ।

     यस किसिमको व्यतित बीमालेख पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र प्रदान गरिने बताइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ