काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गर्नुपरेको छ। श्री एयरलाइन्सको एसएचए १२१ विमानमा प्राविधिक समस्या देखिएपछि बिहान ८ बजे त्रिभुवन विमानस्थलमै सुरक्षित रूपमा अवतरण गराइएको हो।
विमान अवतरणका क्रममा धावनमार्गमा केहीबेर रोकिएको थियो। विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ। यो श्री एयरलाइन्सको आजका लागि पहिलो उडान थियो।
कम्पनीका बजार प्रबन्धक अनिल मानन्धरका अनुसार यात्रुहरूलाई अर्को विमानबाट सुर्खेत पठाइएको छ र अहिले सबै उडान तथा अवतरण सामान्य अवस्थामा छन्।



