२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

५५.८६ अङ्कले घट्यो नेप्से, करिब साढे ९ अर्ब रुपैयाँको कारोबार

images

  • २०८१ भदौ २४, सोमबार
  • 1.2K
    SHARES
  • ५५.८६ अङ्कले घट्यो नेप्से, करिब साढे ९ अर्ब रुपैयाँको कारोबार

    पछिल्लो ३ कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको छ।

    काठमाडौँ : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ५५.८६ अंक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ५५.८६ अंक घटेर २६४६.०३ विन्दुमा पुगेको छ जसमा सेन्सेटिभ इण्डेक्स १०.५३ अंक, फ्लोट इण्डेक्स ४.१८ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३० अंक घटेको छ।

    आज १३  उपसमूहको परिसूचक घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो आइतबार करिब १० अर्बको शेयर कारोबार भएको बजारमा आज ३२७ कम्पनीको १ लाख ११  हजार ९सय ८६ पटकको खरिदबिक्रीमा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ बराबरको २ करोड १० लाख ४८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    जसमध्ये आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.६७ प्रतिशत, बैंकिङ्ग, वित्त, जलविद्युत, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ तथा विकास बैंक, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा ३७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब २८ करोड तथा हाथवे इन्भेष्टमेन्ट नेपालको करिब २४ करोडको शेयर खरिदबिक्री भएको छ।

    आज हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य सर्वाधिक ८.९८ प्रतिशत, नेपाल वेयरहाउजिङ्ग कम्पनी साढे ७ प्रतिशत तथा इमर्जिङ्ग नेपाल र सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ७.७८ प्रतिशत घटेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ