काठमाडौँ : मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र लाभ प्रदान गर्नका लागि धादिङको गल्छीमा रहेको ‘त्रिशूली बिच रिर्सोट’सँग एक व्यवसायिक सम्झौतामा हस्ताक्षर गरेको छ। यस सम्झौताअनुसार, बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा बसाई र खानामा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन्। छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले बैंकको मान्य डेबिट कार्ड वा प्रिभलेज कार्ड प्रस्तुत गर्नुपर्नेछ, वा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ्गद्वारा भुक्तानी गर्नु पर्नेछ।
साथै, बैंकले नेपालमै टिक्न सजिलो छ भन्ने नाराका साथ साना व्यापार र व्यवसायलाई प्रोत्साहन गर्न नयाँ सरल कर्जा योजनाहरू ल्याएको छ। यस योजनाले साना व्यवसायीहरूलाई आवश्यक वित्तीय सहयोग प्रदान गर्ने उद्देश्य राखेको छ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न सेवा सुविधाहरू पनि प्रस्तुत गरेको छ। यी सेवाहरूमा प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, र मिस्डकल बैंकिङ्ग समावेश छन्। यसका माध्यमबाट ग्राहकहरूले बैंकको शाखामा भौतिक उपस्थित नभई घरबाटै यी सेवाहरू प्रयोग गर्न सक्छन्।
बैंकले डिजिटल सेवा सुविधामा विशेष ध्यान दिँदै, आधुनिक प्रविधि र सुविधाहरूको उपयोग गरेर ग्राहकहरूको जीवनलाई सहज र सुरक्षित बनाउनका लागि यी नयाँ पहलहरूको कार्यान्वयन गरेको छ।



