२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

देशका केही प्रदेशमा बिहानैदेखि वर्षा, तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

images

  • २०८१ भदौ २५, मंगलबार
  • 776
    SHARES
  • देशका केही प्रदेशमा बिहानैदेखि वर्षा, तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

    काठमाडौं : देशका केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ।  बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही  स्थानमा तथा बाँकी  प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ