२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कुमारी बैंकका ग्राहकहरूले दूसित थानी हिमालयन रिसोर्टमा विशेष छुट पाउने

images

  • २०८१ भदौ २५, मंगलबार
  • 966
    SHARES
  • कुमारी बैंकका ग्राहकहरूले दूसित थानी हिमालयन रिसोर्टमा विशेष छुट पाउने

    काठमाडौँ :  कुमारी बैंकका ग्राहकहरूले धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। बैंक र रिसोर्टबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकहरूले रिसोर्टमा खाना, पेय पदार्थ, र विभिन्न सेवामा १५ प्रतिशत छुट पाउने छन्।

    यस छुट सुविधामा स्पा, स्विमिङ पूल, ज्याकुजी, स्टीम, र सोना पनि समावेश गरिएको छ। छुटको लाभ उठाउनका लागि ग्राहकहरूले डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट भुक्तानी गर्नुपर्नेछ।

    यो सुविधा ग्राहकहरूको अनुभवलाई अझ राम्रो बनाउनका लागि बैंकले उपलब्ध गराएको हो। कुमारी बैंकले देशभर १ सय ९८ शाखा सञ्जाल, १ सय ९४ एटीएम, ५० शाखारहित बैंकिङ एकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ