२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लक्ष्मी सनराइज बैंकद्वारा वीरगञ्ज महानगरमा सेवा विस्तार

images

सत्कार खबर
  • २०८१ भदौ २६, बुधबार
  • 1.4K
    SHARES
  • लक्ष्मी सनराइज बैंकद्वारा वीरगञ्ज महानगरमा सेवा विस्तार

    काठमाडौं :लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।

    बैंकको वीरगञ्ज महानगरपालिका वडा नं ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नं ८ स्थित लिंक रोडमा स्थानान्तरण गरिएको छ ।

    स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरूले आदर्शनगरमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्ने बताइएको छ ।

    स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरू प्रदान गर्नेछ ।

    हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२० एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ