२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेको ओरालो गति रोकिएन, आज २२.७३ अंकले घट्यो,६ अर्ब ८५ करोड करोबार

images

सत्कार खबर
  • २०८१ भदौ २६, बुधबार
  • 911
    SHARES
  • नेप्सेको ओरालो गति रोकिएन, आज २२.७३ अंकले घट्यो,६ अर्ब ८५ करोड करोबार

    काठमाडौं : शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ७३ अंकले घटेर दुई हजार ६ सय १० दशमलव २१ विन्दुमा झरेको छ ।

    नेप्से पछिल्लो ६ कारोबार दिन लगातार घटिरहेको छ । नेप्से गएको हप्ताको बुधवार ९० दशमलव ७३, बिहीवार १२ दशमलव १० अङ्कले घटेको थियो । यस्तै यो हप्ताको आइतवार २५ दशमलव ४६, सोमवार ५५ दशमलव ८६ र हिजो मङ्गलवार १३ दशमलव शून्य नौ अंकले घटेको थियो ।

    ६ कारोबार दिनमा शेयर बजार दुई सय २० अङ्कले घटेको छ । गएको भदौ १८ गते मंगलबार दुई हजार आठ सय ३० विन्दुमा रहेको नेप्से आज दुई हजार ६ सय १० विन्दुमा आइपुगेको छ।

    आज फाइनान्स, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज एशियन हाइड्रोपावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    केही दिनयता कारोबार रकम पनि घटिरहेको छ । आज ३ सय १७ वटा कम्पनीका १ करोड ५४ लाख कित्ता शेयर ६ अर्ब ८५ करोड रुपैयाँमा कारोबार भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ