२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते

images

सत्कार खबर
  • २०८१ भदौ २६, बुधबार
  • 1.0K
    SHARES
  • तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते

    काठमाडौं :तनहुँमा बस दुर्घटना भएको छ । आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको हो ।

    तनहुँका डीएसपी दीपककुमार रायका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरेमा खोल्सामा खसेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो ।

    १५ जना सवार उक्त गाडीमा अहिलेसम्म ११ जना घाइते भएको विवरण प्राप्त भएको उनले बताए । घाइते मध्ये ९ जना सामान्य छन् भने २ को अवस्था मध्यम रहेको छ ।

    उद्धारको क्रम जारी नै रहेको विस्तृत विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ