काठमाडौँ : बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। जबकि हिजो बुधबार प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कारोबार भएको थियो। बुधबारको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्यमा वृद्धि देखिएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको थियो भने आज बिहीबार प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा भइरहेको महासंघले जनाएको छ।



