काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले केही वर्षमै नेपाल र भारतबिच १५ हजार मेगावाटको बिजुली आयात-निर्यातको पूर्वाधार तयार हुने बताएका छन्। बिहीबार काठमाडौँमा सुरु भएको नेपाल पूर्वाधार सम्मेलनमा उहाँले क्रस बोर्डर बिजुली व्यापारमा जोड दिँदै देशभित्र पनि प्रसारण लाइन निर्माण तीव्र बनाइएको जानकारी दिनु भयो।
घिसिङले देशभरका विद्युत् पूर्वाधारलाई डिजिटाइज गर्ने काम भइरहेको पनि बताउनुभयो। अहिलेसम्म भारतसँग २ हजार मेगावाट क्षमताको प्रसारण लाइन पूर्वाधार निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो। साथै, बंगलादेशसँगको विद्युत् व्यापार सम्झौतापछि त्यहाँ पनि ४० मेगावाटको क्षमतालाई बढाएर लैजाने योजना रहेको जानकारी दिनु भयो।



