२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भेनस हस्पिटलमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

images

  • २०८१ भदौ २७, बिहीबार
  • 1.5K
    SHARES
  • भेनस हस्पिटलमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

    काठमाडौँ : प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौँ–११, मध्यबानेश्वरमा स्थित भेनस हस्पिटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    एक समारोहबीच भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनीषा ढकाल र प्रभु बैंकका तर्फबाट बागमती प्रदेश क्षेत्र नं १ का प्रमुख दीपेन्द्र बाबु विष्टले समझदारी ज्ञापनपत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन्। कार्यक्रममा प्रभु बैंकको बानेश्वर शाखा प्रमुख रचिता विष्ट र भेनस हस्पिटलकी प्रशासन प्रमुख मनीषा न्यौपानेको पनि उपस्थिति थियो।

    सम्झौताअनुसार, प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी र उनीहरूका परिवारजनले भेनस हस्पिटलमा फार्मेसी, स्वास्थ्य प्याकेज, डायग्नोस्टिक सेवाहरूमा ७% देखि १५% सम्म छुट प्राप्त गर्नेछन्। छुट प्राप्त गर्नका लागि प्रभु बैंकका ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड, वा क्यूआर मार्फत भुक्तानी गर्न सक्नेछन्।

    भेनस हस्पिटलले निरन्तर स्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ, जहाँ आकस्मिक उपचारदेखि सघन उपचार, पेन मेडिसिन, र विभिन्न स्वास्थ्य जाँच प्याकेजहरू समेत उपलब्ध छन्।

    ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ