२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रास्वपाको राष्ट्रिय भेला तयारी पूरा, १५ सय प्रतिनिधि उपस्थित हुने

images

  • २०८१ भदौ २७, बिहीबार
  • 891
    SHARES
  • रास्वपाको राष्ट्रिय भेला तयारी पूरा, १५ सय प्रतिनिधि उपस्थित  हुने

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

    बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो। पत्रकार सम्मेलनका क्रममा पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने जानकारी दिनु भयो ।  

    भेलामा १५ सय जति प्रतिनिधिको सहभागीता रहने र नयाँ राजनीतिक दल भएकाले प्रतिनिधिको चाप रहेको र १५ सय प्रतिनिधिहरु उपस्थित रहने गरी व्यवस्था मिलाएको उहाँले बताउनु भयो । 

    केन्द्रीय समितिदेखि पालिकाको प्रतिनिधिसम्म राष्ट्रिय भेलामा अटाउन कोशिस गरिएको बताउनु भयो ।  करिब ४ सय पालिकामा पार्टीको संरचना बनेको र २ हजारभन्दा बढी वडाहरुमा संरचना बनेको दाबी गर्नु भयो ।

    वडाबाट प्रतिनिधत्व ल्याउन सक्ने अवस्था नरहेको र पालिकाको तर्फबाट प्रतिनिधिहरु छनोट भएर आउने गरी व्यवस्था गरेको जानकारी दिनु भयो । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ