२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनआईएमबीद्वारा मोरङको कञ्चनबारीमा नयाँ शाखा विस्तार

images

  • २०८१ भदौ २७, बिहीबार
  • 1.2K
    SHARES
  • एनआईएमबीद्वारा मोरङको कञ्चनबारीमा नयाँ शाखा विस्तार

    काठमाडौँ : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) ले मोरङको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ। बिहीबारदेखि मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं ४ मा कञ्चनबारी शाखा सञ्चालनमा आएको हो। यससँगै बैंकका कुल शाखा संख्या २७३ पुगेको छ। नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराइएको छ। 

    बैंकका कोशी प्रदेश प्रमुख यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरेका थिए। कार्यक्रममा उहाँले ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा र सुविधाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    हाल एनआईएमबीसँग २७३ शाखा कार्यालय, ६५ एक्सटेन्सन काउन्टर, ७७ शाखारहित बैंकिङ सेवा र २६६ एटीएम रहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ