२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको क्लब अचिभर्स अवार्ड सेरेमोनी २०८०/८१ सम्पन्न

images

  • २०८१ भदौ २८, शुक्रबार
  • 1.0K
    SHARES
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको क्लब अचिभर्स अवार्ड सेरेमोनी २०८०/८१ सम्पन्न

    काठमाडौँ : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको राष्ट्रियस्तरको क्लब अचिभर्स अवार्ड सेरेमोनी २०८०/८१ भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम भदौ २५ देखि २७ गतेसम्म ३ दिन चितवनमा आयोजना गरिएको थियो। जसमा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता र उच्च व्यवस्थापकहरूको सहभागिता रहेको थियो।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए, र नायब महाप्रबन्धक सोन बहादुर मगरले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रममा प्रेसिडेन्ट क्लब, सीईओ क्लब र म्यानेजर क्लबमा स्थान हासिल गरेका उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरिएको थियो।

    सीईओ सन्तोष प्रसाईले अभिकर्ताहरूलाई सम्मान गर्दै पेसालाई मर्यादित र प्रेरणादायी बनाएकोमा धन्यवाद व्यक्त गरे। साथै, उहाँले अभिकर्ता पेसाले आम्दानीसँगै अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउने अवसर प्रदान गर्ने उत्कृष्ट पेसा भएको धारणा राक्नु भयो।

    कार्यक्रममा इन्स्योरेन्स सेल्स मोटिभेसनल कोच विजय कुमार झाको प्रेरणादायी सत्र पनि रहेको थियो। धन्यवाद मन्तव्य नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडाले गरेका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ