२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सुनचाँदी

सुनको मूल्य हालसम्मकै उच्च, आज तोलामा ३ हजार रुपैयाँले बढ्यो

images

  • २०८१ भदौ २८, शुक्रबार
  • 1.6K
    SHARES
  • सुनको मूल्य हालसम्मकै उच्च, आज तोलामा ३ हजार रुपैयाँले बढ्यो

    काठमाडौँ : साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली सुन बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको छ जसमा आज ३ हजार रुपैयाँको वृद्धि भएको हो। बिहीबार प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

    अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धि स्थानीय बजारमा पनि प्रभाव पारिरहेको छ। यसअघि भदौ २५ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो। जब प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ पुगेको थियो।

    चाँदीको मूल्य पनि वृद्धि भएको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ जुन हिजोको तुलनामा ६५ रुपैयाँले बढेको हो। त्यस्तै, प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ९४ रुपैयाँ ५० पैसा कायम भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ